मंसिर २१ गते शुक्रवारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८१, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर २१ गते शुक्रवार ई.सं.२०२४ डिसेम्बर ०६ नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल चतुर्थि , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, ध्रुव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४० बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गरेका कार्यहरु तत्काल पूर्ण नहुने साथै काम बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने समय छ । विशेष कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्य पनि सामान्य नरहन सक्छ । धर्मकर्ममा मना जाला । यात्रा सफल रहनेछ । प्रतिकुलताका बाबजुद खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आर्थिक पक्षमा सुधार आउनाले जाँगर बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्यसिद्धिका साथै आइपरेका समस्याको समाधान मिल्ने समय छ । धनलाभ होला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबार बढ्ने देखिन्छ । विशेष काम गर्नुछ भने जोखिम नलिनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्ने छन् । परिश्रमको कदर हुने तथा अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । उद्योग, कारखानामा लगानी गर्न सकिनेछ । यात्रागत कार्य सार्थक हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु तथा प्रतिष्पर्धी परास्त हुनेछन् । आनन्द वृद्धिका साथै रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यात्राको लागि उचित समय रहेको छ । लामो तथा लाभदायक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । मित्रजन, घरपरिवारबाट सुखशान्ति पाइने देखिन्छ । नियमित प्रयोगका सरसामानमा क्षति पुग्ने योग रहेकोले सावधानीका साथ प्रयोग गर्नु उचित हुनेछ । कर्मबल बढ्नाले सर्वत्र विजय प्राप्त हुनेछ । रोकिएको काम बन्ने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सोचेअनुरुप काम पूर्ण गर्न कठिन पर्ने दिन छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । आर्थिक लेनदेन नगर्नु बेस हुनेछ । दिएको पैसा फिर्ता गर्ने आजको प्रयत्न सफल हुने देखिन्न । खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यगत समस्या देखिन सक्छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ, मित्रजनको साथ मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य तथा अनुत्पादक क्रियाकलापमा आजको दिन बित्ने देखिन्छ । त्यसै–त्यसै अलमल गराउने खालको समय हुनाले काममा मन पनि खासै नजाला । पुराना समस्या भने समाधान भएर जाने योग छ । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंग तथा बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लाभदायक समय छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास फलदायी रहला । अध्ययन तथा अध्यापनमा भने आजको दिन खासै उत्साहजनक रहने देखिन्न । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र यात्रामा सफलता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । आर्थिक लगायतका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने योग छ । नयाँ सामान खरिद हुन सक्छ । सामर्थ्य वृद्धि होला । रोकिएको काम मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय खासै अनुकुल देखिन्न । अनावश्यक डर पैदा हुनुका साथै वादविवादको सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्थ्यले पनि त्यत्ति साथ नदिन सक्छ, ख्याल राख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । हरेक कार्यमा विशेष सावधानी अपनाएर मात्र कार्य गर्नु आजको लागि हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्ने दिन छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता बढ्ला । घरपरिवारबाट पनि खासै सहयोग नमिल्न सक्छ । लगानी बढ्नेछ । आरोग्यता रहला । दायित्व निर्वाहमा सहजता नभएपनि जिम्मेवारी पूरा गर्ने सामर्थ्यका कारण मन सन्तुष्ट रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन रमाइलोको साथ बित्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ला । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । नजिकका मित्रजनसँग छलफल हुने र कुराकानीले धनलाभको बाटो पत्ता लाग्न सक्ने समय छ । आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्