मंसिर २० गते बिहीवारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८१, बिहीबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर २० गते बिहीवार ई.सं.२०२४ डिसेम्बर ५ नेपाल सम्बत ११४५ थिंलाथ्व चतुर्थि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल चतुर्थि , चन्द्रमा मकरु राशिमा, उत्तरषाढा नक्षत्र , वृद्वि योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०६:४० बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप बढ्नेछ । सोचाइ एकातर्फ र परिणति अर्कोतर्फ हुने खालको समय छ । मन नपरी–नपरी बाध्यताका काममा जुट्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित हुनेछ । धेरै बोल्ने बानीले दुःख प्रदान गर्न सक्छ, बोली र व्यवहार संयमित तुल्याउनुहोला । धननासको योग छ । सन्तानपक्ष पनि केही बक्री रहनेछन् । कठोर मिहिनेतले केही काम बन्ने देखिन्छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने समय छ । आफूभन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु हितकर होला । तपाईंको कदमको समर्थन र प्रशंसा गर्नेहरू देखिनेछन् । प्रेमको प्रसंग सुखद रहनेछ । दाम्पत्यसुख बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको अवसर प्राप्तिको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुखका साथै उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कामबाट विशेष फाइदा हुने समय आएको छ । काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने देखिन्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने दिन छ । प्रयासलाई जारी राख्नु उचित होला । धनलाभको योग छ । साहसका साथै प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्ति, मित्रजनको साथ र शत्रुमाथि विजय प्राप्त हुने योग छ । समस्याको समाधान मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही प्रतिकुलताका बाबजुद अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आजको दिन व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । सवारी साधनको उपयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्राको योग छ । बिस्तारै कामहरु बन्न थाल्ने देखिन्छ । सन्तानसुख बढ्ला । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा लगनशीलता दर्शाएपनि मनमा उत्पन्न दुविधाका कारण अलमलको अवस्था पैदा हुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने समयछ । आजको दिन खर्चको मात्रा केही बढ्न सक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । व्यस्तता बढेपनि आरोग्यता रहनेछ । मनोरञ्जनको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम वृद्धि हुनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । मीठो खाना/खाजाको आनन्द मिल्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गर्दा नियमित कामबाट पनि विशेष लाभ मिल्ने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योदयको समय छ । प्रशंसकहरू बढ्नेछन् भने आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आजको दिनलाई धैर्यधारण गरी परिश्रम गर्ने दिनको रूपमा लिन सकन्छ । आरोग्यबल बढ्नेछ भने उन्नति–पदोन्नति हुनसक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरो काम सम्पन्न हुने दिन छ । सामर्थ्य वृद्धि होला । आर्थिक लाभको योग रहेकोले नयाँ योजना र नियमित कर्ममा पनि मन लगाउनु उचित हुनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्नेछ । धार्मिक कार्यमा संलग्न हुने समय छ । आरोग्यता रहनेछ । मिहिनेतले रोकिएको काम पूरा गराउने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने दिन रहेकोले विशेष सावधानीका साथ नियमित कर्म गर्नु हितकर हुनेछ । आजको दिन काममा अरुको कमै मात्र भर पर्नु उचित हुनेछ । विवाद र झैझगडाको सम्भावना भएकोले संयमताको खाँचो छ । शरिरीक तथा मानसिक आलस्यता बढ्न सक्छ, ध्यान राख्नुहोला । गीतसंगीत र रसरागात्मक कार्यमा भने मन आकर्षित रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ, संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । ठूलो हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जगिरमा समस्या आउन सक्छ । तथापि, नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । कर्मबल बढ्नेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ भने दाम्पत्यजीवन सुखद रहला । आजको दिन पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):  भाग्यबल बढ्नेछ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउने योग छ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्