मंसिर १८ गते मंगलवारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०८१, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर १८ गते मंगलवार ई.सं.२०२४ डिसेम्बर ३ नेपाल सम्बत ११४५ थिंलाथ्व द्धितीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्धितीया , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शूल योग, कौलभ करण । आज नेपालमा सूर्योदय बिहान ०६:३८ बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आनुकुलता वृद्धि हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् भने आम्दानीको नयाँ-नयाँ बाटो खुल्ने योग छ । साझेदारीको कामले लाभ दिनेछ । आमोदप्रमोदमा रम्नुहुनेछ । पारिवारिक समस्या भने केही बढ्न सक्छ, धैर्य राखी समाधानको प्रयास गर्नु उचित होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्त सुख बढ्ला । धनलाभ हुनुका साथै मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जाँगर बढ्ने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । सेयरबजारको काममा पनि सफलता मिल्न सक्छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन काममा खासै मन जाने देखिँदैन । आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने समय छ । कसैसँग मनमुटाव हुने र वादविवादमा पर्न सकिने योग रहेकोले विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । खर्चमा नियन्त्रणको प्रयत्न गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै प्रयासले समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढेपनि श्रमको उचित मूल्यांकन हुने समय छ, तर काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने योग छ । ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने र मानसम्मान पनि पाइने सम्भावना छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम वृद्धि हुनेछ । सोचेको काम बन्नाले मन हर्षित होला । आज घरमा मान्यजनको आगमन हुन सक्छ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिएला । दिन मनोरन्जनका साथ बित्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धन र सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता र साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्ला । आम्दानीको स्रोत बढ्नेछ । वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । आफन्तजन सहयोग ीबनेर देखापर्नेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन खासै उत्साहजनक नरहने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्न सक्छ । नसोचेको ठाउँमा धननाश हुने योग छ । सबल स्वास्थ्यको लागि खानपिनमा विशेष सावधान रहनु हितकर होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । भौतिक साधनको क्षति हुनबाट बच्न सजगताको खाँचो छ । प्रतिकल परिस्थितिका बाबजुद रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरा काम सम्पन्न हुने समय छ । सहयोगी एवम् साथीभाइहरुले काममा राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा होला । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ मिल्ने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त होला । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नयाँ काम सुरु गर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप बढ्नेछ । स्वास्थ्यगत कमजोरीले सताउला । नियमित कार्यमा पनि केही जटिलता एवम् समस्या पैदा हुन सक्छ । घरायसी पीडाले डेरा जमाउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । व्यवहारमा संयमता अपनाइ अघि बढ्ने प्रयास गर्नु हितकर हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च र जोखिम बढ्ने समय छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, जसले गर्दा चिताएको काम पुरा नहुन सक्छ । साथीभाइहरु रुष्ट हुने योग छ । रसरागमा भने आकर्षण रहला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्