मंसिर १७ गते सोमवारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८१, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८१ मंसिर १७ गते सोमवार ई.सं.२०२४ डिसेम्बर २ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल प्रतिपदा , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३७ बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ होला । नउठ्ने पैसा पनि उठ्ने योग छ । भाग्यले साथ दिएकोले राम्रै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइने दिन छ । आयआर्जनमा राम्रो दिन छ । कुनै नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । दाम्पत्य सुख बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामान्यतया आजको दिन एकदम राम्रो छ । रचनात्मक एवम् फलदायी काममा जुट्ने समय छ । कमाइ बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउने देखिन्छ । आज गरेको लगानीले राम्रो प्रतिफल देला । सामाजिक क्षेत्रमा मन जानेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आर्थिक दृष्टिले दिन ठिकै भए पनि विवाद तथा झगडाको सम्भावना रहेकाले सावधान रहनु उचित हुनेछ । हातहतियारबाट जोगिनुपर्ने समय छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । प्रतिष्पर्धीले धाक-रवाफ जमाउन सक्छन् । तथापि, यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ तर आजको दिन काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सचेत रहनुहोला । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरको काममा पनि समस्या पर्ने योग छ । मित्रजनबाट मान-सम्मान पाइए पनि नोकरीमा अपजश आउन सक्छ । अन्य दृष्टिले दिन सामान्य छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला । मान प्रतिष्ठा प्राप्तिको योग छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरु सफल हुनेछन । पढाइलेखाइमा पनि प्रगति होला । चल-अचल सम्पत्तिको कारोवार हुनसक्नेछ । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन सुखदायी रहने देखिन्छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । तपाईंप्रति अरुको विश्वास वृद्धि हुने समय छ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिएला । परिवारबाट टाढा बस्नुपर्ने समय छ । साहित्यिक कार्यमा मन जानेछ भने टाढाको यात्राबाट धनको लाभ हुने योग छ । पराक्रम र सुख बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिफल प्राप्त नहुने कार्यमा ब्यस्त रहनुपर्ने समय छ । सुख टाढिने र हैरानीले स्ववागत गर्ने खालको योग रहेकोले आज धैर्य राखी नगरी नहुने काममा मात्र जुट्नु उपयुक्त हुनेछ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । अनावश्यक कुुरामा धननाश हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यले साथ नदिन सक्छ, सावधानी अपनाउनुहोला । यात्राका क्रममा ज्यादा नै सचेतना अपनाउनुपर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आर्थिक लाभ मिल्ने खालको समय छ । शुभता बढेर रोकिएका अधुरा कार्यले सार्थकता पाउने तथा आँट गरेको काम पूरा हुने समय छ । समयको अनुकुलताले कामहरु सजिलै बन्नेछन् । कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइएर मात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अनुकुल एवम् मनोरञ्जनको समय रहेको छ । काममा लागिपर्ने र पूरा गरिछाड्ने अठोटले सफल तुल्याउनेछ । व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रम वृद्धि भइ धनलाभ हुने योग छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभले मन हर्षित तुल्याउला । आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । भेटघाटमा खर्च केही वृद्धि होला । मनोरञ्जनपूर्ण समय छ । मित्रजनहरूसँगको भेटघाट र छलफलबाट मानसिक सन्तुष्टि मिल्नेछ । आर्थिक काम बन्छ तर काम गर्दा अलिक सजगता अपनाउनुपर्नेछ । यात्राको योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यक्तिगत काममा समय र धन खर्च हुने समय छ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्या पनि आइपर्न सक्छन्, ध्यान राख्नुहोला । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ । भौतिक साधनको क्षति हुने योग छ । अनावश्यक दौडधुप बढ्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्ने दिन छ । आज आलस्यले पनि सताउला । नयाँ-नयाँ कामकुरा तर्फ मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ, ध्यान राख्नुहोला । तपाईंले अरुलाई गरेको बाचा पूरा हुने समय रहेको छ । ब्यस्तता बढेपनि मन खुशी नै रहने देखिनछ । खर्च बढ्नेछ भने रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्