आजको मौसम: २ प्रदेशका पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८१, आईतवार
1 Min Read
Aa
l;dsf]6, !* dªl;/M x'Dnfdf lxdkft ???????? ?????? ???????? ePsf] ?????? ? lxdkftkl5 cToflws lr;f]sf sf/0f hghLjg si6s/ ag]sf] 5 . ??????: bfg] ?????÷????

काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

- Advertisement -
Ad imageAd image

राति, कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्