काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनहमसँग लज्जाजनक हार बेहोरेको छ । टोटनहमले म्यान्चेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमै म्याडिसनले दुई गेल गरे। दोस्रो हाफमा पेड्रो पेरोले टोटनहमका लागि तेस्रो गोल थपे। त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे । सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो । यो नतिजाका बाबजुद सिटी २३ अंकमा अझै दोस्रो स्थानमा छ ।
शनिबारै भएको अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१, आर्सनलले नटिङघम फरेस्टलाई ३-०, ब्राइटनले बर्नमाउथलाई २-१ र उल्भ्सले फुलहमलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी एस्टन भिल्ला र क्रिस्टल प्यालेसले समान २-२ तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस्