पश्चिमी वायुको प्रभाव कायमै रहँदा चार प्रदेशमा हल्का वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

- Advertisement -
Ad image

विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा रहेको कमजोर न्यूनचापीय प्रणालीको पनि असर रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्