रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । आज (आईतबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपाका प्रवक्ता मनिष झाले दोस्रो चरणको आन्दोलनको एजेण्डा सार्वजनिक गरेका हुन् ।

दोस्रो चरणको आन्दोलनका एजेण्डाहरुमा राजनीतिक प्रतिशोध बन्द गरिनुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गरिनुपर्ने, भ्रष्टाचारका काण्डहरुको न्यायिक छानविन हुनुपर्ने, प्रहरी हिरासतमा रहेका पार्टी सभापति लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान अगाडि बढाइनुपर्नेलगायतका मागहरु छन् ।

- Advertisement -
Ad image

आफूहरुले उक्त माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बुझाउन चाहेपनि समय नदिइएको प्रवक्ता झाले बताए । प्रधानमन्त्री ओलीले ‘रास्वपाले ज्ञापनपत्र लिएर आउँदैछ, फोटोसहित समाचार दिन्छु’ भनी खिसीट्यूरी गर्दै हिँडेपनि आफूहरुलाई भने ५ मिनेट समय दिनसमेत नमानेको उनले सुनाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्