काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको चर्चा चलिरहेका बेला भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का पूर्व विदेश विभाग प्रमुख तथा नेपाल मामिलाका जानकार विजय जोली नेपाल भ्रमणमा आउँदै छन् ।
भारतिय संस्थापन निकट युवा अभियान्ता तबरेज आलमको निमन्त्रणामा सोमबार अपरान्ह नेपाल आउन लागेका जोलीले नारायणहिटी दरबार परिसरको श्री चतुर्व्युहु नारायणहिटी धामको दर्शन गर्नुका साथै केही राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
व्यक्तिगत भ्रमणको सिलसिलामा नेपाल भ्रमणमा आउन लागेका जोलीको भ्रमण प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा हुन लागेकाले निकै नै अर्थपूर्ण मानिएको छ ।


प्रतिक्रिया दिनुहोस्