मंसिर ०२ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८१, आईतवार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ मंसिर २ गते आईबार ई.सं.२०२४ नोभेम्बर १७ नेपाल सम्बत ११४५ कछलागा द्धितयिा , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण प्रदिपदा, चन्द्रमा वृष राशिमा, रोहिणि नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:२६ बजे भयो भने सूर्यास्त साँझ ०५:१० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग र व्यापारमा विशेष फाइदाको समय छ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान राख्नु उचित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाहितजनको दाम्पत्य जीवन सुखमय रहला । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ भने वैदेशिक योजनासम्बनधी कार्यहरू सुचारु भएर जानेछन् । समग्र कार्यमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): गरिएका कर्मको उचित प्रतिफल पाइने तथा विगतको श्रमबाट राम्रै धन लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीहरुबाट टाढा रहनु उचित हुनेछ । यात्रागत कार्य सार्थक बन्ने देखिन्छ । पारिवारिक समस्याको समाधान र आफन्तजनको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अनुकुलताभन्दा प्रतिकुलता ज्यादा अनुभूति भएर बित्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, सचेत रही बोली र व्यवहार गर्नुहोला । मातापिता र सन्तान पक्षसँग मतभेद बढ्ने योग छ । पढाइलेखाइमा अवरोध आउला । आजको कुनै निर्णय खराब हुनसक्ने सम्भावना रहेकोले निर्णय गर्दा विशेष विचार गर्नु हितकर हुनेछ ।। विगतको श्रमबाट लाभ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम पुनः सुरु गर्ने र नयाँ कामका योजना पनि अघि बढाउन सकिने समय छ । विभिन्न उपहार प्राप्त हुने देखिन्छ । आज आर्थिक लेनदेनको काम नगर्नु बुद्धिमानी ठहरिनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनु उचित होला । खर्चका बाध्यता निकै आइपर्ने योग छ, सचेत रहनुहोला । । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ भने शत्रुपक्ष परास्त हुने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन मिश्रित फलदायी रहला । काममा चुनौती पैदा हुनसक्छ । दौडधुप र जोखिम बढ्नेछ । धार्मिक कार्यमा मन नजाने, विश्वासघात हुनसक्ने योग भएकोले गोपनीयतामा एकदमै सचेत रहनु उचित हुनेछ । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने आजका लागि थाती राखेकै बेस । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रयास सार्थक हुन सक्छ । रसरागको कार्यमा आकर्षण रहला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्थासमेत सिर्जना हुने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सुख र दुःखको संगम भएर बित्ने देखिन्छ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । प्रेमभाव वृद्धि होला । सुख बढ्नेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने देखिन्छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, सचेत रहनुहोला । निर्णायक क्षमतामा कमी आउन सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग पनि प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कुनै विशेष योजना अघिबढाउँदै हुनुहुन्छ भने आजको दिन उचित रहला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तथापि कसैसँग विवाद वा झगडा हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग रहेकोले खानपानमा विशेष सजक रहनुहोला । कार्यमा गोपनियता रहनु आवश्यक छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिक्षित परिणामहरू तपाईंको पक्षमा आउलान् । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ । तथापि, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तहरुले पनि धोका दिने योग भएकोले मन चिन्तित रहन सक्छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको अवस्था आउला । सहयोगीहरू टाढिन सक्छन्, तर प्रेमको बन्धन भने कसिएर जाला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको समयलाई खासै राम्रो मान्न नसकिएला । व्यस्तता बढ्नेछ । अनावश्यक विवाद र झोला आइपर्नसक्ने योग छ । काममा लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू भने सकारात्मक नै रहनेछन् । कही मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुन सक्छ । रसरागात्मक कार्यमा आकर्षण बढ्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिने समय छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधानी अपनाउनु हितकर होला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । समस्यामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य वृद्धि हुनेछ तर निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । अध्ययन–अध्यापनमा मन कम जानसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सचेत रहनुहोला । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । स्वास्थ्यप्रति भने विशेष सावधानी अपनाउनु उचित होला । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ । धार्मिक कार्यमा खासै रुचि नहोला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्