आजबाट रिलिज भयो ‘ह्रस्व दीर्घ’: ‘पूर्ण बहादुरको सारङ्गी’का अगाडि टिक्न कति कठिन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । निर्माण घोषणा गरिएको लामो समयपछि यो चलचित्र अन्ततः प्रदर्शनमा आएको हो ।

साउथ इन्डियन सिनेमाका लोकप्रिय कलाकारको समेत अभिनय रहेको चलचित्रले सामाजिक कथा भन्ने निर्माणपक्षले जनाएको छ । एक्सन, प्रेम र सामाजिक कथा चलचित्रको मुख्य विषय रहेको निर्माणपक्षले बताएको छ ।

- Advertisement -
Ad imageAd image

चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । तर, ‘पूर्ण बहादुरको सारङ्गी’मा अझै पनि दर्शकको उच्च चाप कायम रहेकाले त्यसलाई टक्कर दिन सक्छ कि सक्दैन त्यसले ‘ह्रस्व दीर्घ’को बक्सअफिस निर्धारण गर्नेछ ।

निर्माणपक्षले नेपाली चलचित्रको स्तर उकास्नेगरी प्राविधिक पक्षमा काम गरेको, साउथका लोकप्रिय कलाकारको पनि अभिनय रहेको, कथामा कडा मिहिनेत गरेकाले दर्शकले मन पराउने दाबी गर्दै आएको छ ।

चलचित्रमा नीता र हरिहरसँगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको छ । प्रतीक पौडेलको संवाद छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

‘ह्रस्व दीर्घ’ नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्