मैत्रीपूर्ण फुटबलमा ताजिकिस्तानसँग नेपाल ४-० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको हो।

नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल खाएको थियो। अब नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

- Advertisement -
Ad imageAd image

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार ब्यहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्