कार्तिक २५ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८१, आईतवार
7 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ कार्तिक २५ गते आईतबार ई.सं.२०२४ नोभेम्बर १० नेपाल सम्बत ११४५ कछलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, ध्रुव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:२० बजे भयो भने सूर्यास्त साँझ ०५:१४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहला । काममा बिघ्नबाधा उपस्थित हुन सक्छन् । महत्वपूर्ण कार्यमा ढिलासुस्ती आउनाले आर्थिक हानी हुने सम्भावना छ, सावधानी अपनाए क्षति कम हुनेछ । भौतिक साधनमा क्षति पुग्ने योग छ । प्रतिकुलताका बाबजुद यात्रागत कार्यमा सफलता प्राप्ति र मित्रजनको सहयोग हासिल हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दौडधुप बढ्ने समय छ । ग्रहयोगले आर्थिक कार्यमा सफलता मिल्नेछ भने परिवारिक सुख र उत्साह बढ्ला । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुलाई गरेको कुनै बाचा पुरा हुने दिन रहेको छ । काममै समय बिताए पनि सोचेजति फाइदा नहोला । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा सुखले साथ दिनेछ । आकस्मिकरूपले अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कुनै विशेष या नयाँ काम सुरु गर्ने समय छ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । साझेदारीको काम बन्नेछ भने प्रतिष्पर्धीहरू परास्त हुनेछन् । नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह आउने देखिन्छ । धनलाभ हुनेछ भने आश मारेको रकम उठ्ने सम्भावना प्रवल छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाउँबाट धन आउने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काममा जुट्ने समय छ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । आज गरेको लगानीले राम्रो प्रतिफल दिने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । रसरागमा आकर्षण रहनेछ । मन त्यसै-त्यसै उल्लसित रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्ने दिन छ । आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । कसैसँग मनमुटाव तथा विवाद हुने सम्भावना रहेकोले संयमता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ । आजको दिन हातहतियारबाट जोगिने विशेष प्रयत्न गर्नुहोला । अनावश्यक वादविवादमा परिने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । अन्य दृष्टिले समय प्रतिकुल देखिएपनि पारिवारिक सुख शान्ति बढ्ने समय छ । सन्तान पक्षबाट सुख मिल्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुने र खर्च बढ्ने समय छ । काममा मन नजानाले महत्वपूर्ण कार्ययोजना अधुरै रहने सम्भावना छ । व्यवहारमा असन्तुलन रहँदा मान-सम्मानमै आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या पर्न सक्ने योग छ । तथापि तपाईंको इमान र श्रमको उचित मूल्यांकन हुनेछ । सोचेअनुसार काम नबन्न सक्छ, धैर्य राख्नु उचित होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने समय छ । मान प्रतिष्ठा बढ्ला । आत्मबल सशक्त रहनेछ । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ भने यात्रागत कार्य फलदायी रहला । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । आजको दिन चल तथा अचल सम्पत्तिको कारोबार हुन सक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । समग्रमा दिन मनोरन्जनका साथ बित्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएको काम मिहिनेतले बन्ने समय छ । सामर्थ्य वृद्धि होला । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । शत्रुपक्ष परास्त हुनेछ । प्रेमसम्बन्धमा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जाने देखिन्छ । यात्रागत कार्यबाट धनलाभको योग छ । कृषिकार्य फाइदाजनक रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, तर विवेकयुक्त सावधानीले समस्याबाट मुक्त रहन सकिनेछ । स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु उचित होला । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत तथा रसरागात्मक कार्यमा आकर्षण रहला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुपर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आर्थिक लाभ मिल्ने खालको समय छ । आर्थिक कर्ममा कसैबाट विशेष साथ-समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । कामहरु आज सजिलैसँग बन्नेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् भने अध्ययनमा मन जानेछ । समष्टिमा दिन उत्साहजनक रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्ने समय छ । आत्मविश्वासका साथै पराक्रम वृद्धि भइ धनलाभ हुने देखिन्छ । आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ मिल्नसक्ने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सानो प्रयासले नै रोकिएको काम बन्ने समय छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आर्थिक काम बन्छ तर कामप्रति विशेष ध्यान लगाउनुपर्नेछ । आफन्तजनको साथ–सहयोग मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आजको दिन खर्च केही बढ्न सक्छ, आम्दानीको स्रोत पनि बढ्नेछ । कर्मबल वृद्धि भई समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्