आज पनि देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना, के छ देशभरको मौसमी अवस्था

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आज देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।

यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। यसैबीच दिउँसो काठमाडौँ उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ।

- Advertisement -
Ad image

यस्तै आज राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार अहिले नेपालमा प्रिमनसुन सिजन चलिरहेको छ। यो सिजन यही नोभेम्बरभरि रहन्छ। डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम लाग्छ।

जाडोयाम नजिकिँदै गरेकाले देशभर क्रमशः चिसो बढ्दै गएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्