स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित, सन्दीपले लिए ३ विकेट, आरिफ शेखको अर्धशतक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत स्कटल्यान्डमाथि नेपालले जित निकालेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।

- Advertisement -
Ad imageAd image

स्कटल्यान्डलाई समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २/२ विकेट लिँदा आरिफ शेखले १ विकेट लिन सफल भए ।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटर सस्तैमा गुज्रिए । स्कटल्यान्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले ५१, कुशल भुर्तेल र गुल्शन झाले समान २५/२५ र आसिफ शेखले २१ रन बनाए ।

लिग २ अन्तर्गत शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्यान्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्