आजदेखि दशैं विदा सकियो: सरकारी कार्यालय खुलेपनि टीका लगाउने क्रम भने जारी रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

आज दशैंपछिको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

- Advertisement -
Ad image

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।

दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्