नवरात्रको छैटौँ दिन: स्कन्दमाताको पूजा गरेर मनाईंदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सदैब काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिनमा स्कन्दमाता भगवतीको पुजा आराधना गरेर मनाईंदै छ ।

छान्दोग्य श्रुतीअनुसार भगवतीको शक्तिबाट उत्पन्न भएका सनतकुमारको नाम स्कन्द पनि हुनाले उनकि माता हुनाका कारण यी भगवतीलाई स्कन्दमाता भनिएको हो । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा रहने स्कन्दमाता सूर्य मण्डलकी समेत अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तो देदीप्यमान रहेको जनविश्वास रहिआएको छ ।

- Advertisement -
Ad imageAd image

बडा दशैंको पाँचौ दिनको अवसरमा आदिकालदेखी नै उत्पत्ति भएकि स्कन्दमाता भगवतीको प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपिठमा भक्तजनहरूले श्रद्धा भक्तीपूर्वक नवदुर्गा भवानीको दर्शनगरि पूजा अर्चना समेत गरिरहेका छन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौँथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्