दशैंलाई लक्षित गर्दै श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्ने, एकतर्फी भाडा चार हजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।’

- Advertisement -
Ad image

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर–काठमाडौँ–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्