काठमाडौं – पृथ्वी राजमार्गमा अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ । संवेदनशील ठाउँमा पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी होल्ड गर्नेगरी व्यवस्थापन ट्राफिक कार्यालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्