पीएसजीविरुद्ध आर्सन २–० ले विजयी हुँदा च्याम्पियन्स लिगमा म्यानचेस्टर सीटीले पनि पहिलो जित निकाल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – पीएसजीलाई पराजित गर्दै आर्सनलले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद लिएको छ। इमिरेट स्टेडियममा भएको खेलमा आर्सनलले पीएसजीमाथि २–० को जित निकालेको हो।

लिगको पहिलो खेलमा एटलान्टासँग बराबरी गरेको आसर्नलले दोस्रो चरणमा आएर पहिलो जित निकालेको हो। खेलको पहिलो हाफमा गरेको दुई गोल नै आर्सनलका लागि पर्याप्त भयो। आर्सनलका लागि काइ हाभार्टज र बुकायो साकाले समान एक गोल गरे।

- Advertisement -
Ad image

खेलको २० औँ मिनेटमा हाभार्टजको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा साकाले एक् गोल थप्दै आर्सनललाई २–० को अग्रता दिलाएक थिए।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले पिएसजीमाथि सहज जित निकालेको हो। लिगमा एक खेलमा जित र एक खेलमा बराबरी गर्दै ४ अंक बनाएको आर्सनल अंक तालिकाको आठौँ स्थानमा छ।

यस्तै फिल फोडेनको एक गोल र एक असिस्ट प्रदान गरेपछि म्यानचेस्टर सीटीले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा सीटीले स्लोभान ब्राटिस्लाभामाथि ४–० को फराकिलो जित निकालेको हो।

जितसँगै दुई खेलबाट ४ अंक बनाएको सीटी अंक तालिकाको चौथो स्थानमा छ। पहिलो हाफको आठौँ मिनेटमा इल्के गुन्डोगनको गोलमा सीटीले सुरुवाती अग्रता बनाएको थियो।

खेलको १५ औँ मिनेटमा फोडेनको गोलमा सीटीले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा २–० को अग्रता बनाएको सीटीले दोस्रो हाफमा थप २ गोल गर्यो। खेलको ५८ औँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले फराकिलो अग्रता बनाएको थियो।

खेलमा एक पक्षिय दबाब बनाएको सिटीका लागि ७४ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका जेम्स म्याकटीले थप १ गोल थपे।

२१ वर्षिय म्याकटीले सिटीका लागि पहिलो गोल गरेका हुन्। स्लोभान ब्राटिस्लाभा पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको हो।

गएराति कै अर्को खेलमा सेल्टिकमाथि सानदार जित दर्ता गर्दै बोरुसिया डर्टमुन्ड यूईएफए च्याम्पियन्स लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डले ७–१ को फराकिलो जित निकालेको हो। च्याम्पियन्स लिगमा डर्टमुन्डले लगातार दोस्रो जित निकाल्दा सेल्टिकले भने पहिलो हार व्यहोरेको हो। डर्टमुन्डको जितमा अडेमीले ह्याट्रिक पूरा गरे। सेरहाउ गुइरासीले दुई गोल गरे। इमरे क्यान र फेलिक्स न्मेचाले समान एक गोल गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्