बाढी–पहिरो र डुबानमा परेर अहिलेसम्म २१७ जनाले ज्यान गुमाए २८ जना अझै बेपत्ता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित भाटभाटेनी सुपर मार्केटको अगाडिको सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान । तस्बिरः नारायण न्यौपानी÷रासस

काठमाडौं – बिहीबार अपरान्हदेखि सुरु भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाले ज्यान गुमाएका छन् भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालले जनाएको छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित तथा बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयको दाबी छ ।

- Advertisement -
Ad imageAd image

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्