आजको मौसमः कोसी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि पानी पार्ने क्रम अझ बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज कोशी र वाग्मती प्रदेशका एक/दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

यतिबेला (मंगलबार बिहान) कोसी, मधेस र बाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

- Advertisement -
Ad image

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

दिउँसो कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्