बाढी, पहिरो र डुवानबाट देशभर ६६ जनाको मृत्यु, ७९ बेपत्ता !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८१, शनिबार
2 Min Read
Aa
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित भाटभाटेनी सुपर मार्केटको अगाडिको सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान । तस्बिरः नारायण न्यौपानी÷रासस

काठमाडौं – ३ दिनदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।

- Advertisement -
Ad imageAd image

हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएका उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २०० भन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न संघसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्