काठमाडौं – एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जीत निकालेका छन् । बिहीबार राति समपन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो ।
आर्सनलले वान्डरेस ५–१ ले हरायो । आर्सनलको जितमा इथान वानेरीले दुई गोल गरे । डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभार्टजले समान एक गोल गरे ।
अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५–१ ले हरायो । दश खेलाडीमा सीमित वेष्टहमविरुद्ध डिअगो जोटा र कोडी गाक्पोले समान एक दुई गर्दा मोहम्मद सलाहले थप एक गोल गरे ।
यसअघि खेलको २१औं मिनेटमा लिभरपुलका जरेल क्वान्साहले आत्माघाती गोल गर्दा भ्रमणकारी टोली वेष्टहम युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।
यस्तै स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै गएराति गेटाफेलाई १-० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
लेवान्डोस्कीले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पुर्याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो ।
पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्