वर्षा बाधक बन्दा लगातार चौथो हारबाट जोगियो नेपाल: दुवै टिमले अंक बाँडे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द हुँदा नेपाल लगातार चौथो हारबाट जोगिएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो ।

- Advertisement -
Ad image

नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो ।

नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको तीन अंकमात्र छ । छैटौँ स्थानको ओमानले सात खेलबाट ६ अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

अव नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी २० सिरिज हुनेछ । त्यसपछि नेपाल लिग २ कै अर्को सिरिज खेल्न अमेरिका जानेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्