आज संविधान दिवस: सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम, प्रधानमन्त्री ओली दरबारमार्ग कन्सर्टमा सहभागी हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आज असोज ३ अर्थात् संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाइदैं छ । अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मुल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विषेश सम्बोधन गर्दा आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ ।

- Advertisement -
Ad imageAd image

संविधान दिवसको खुसियाली साट्न प्रधानमन्त्री ओली दरबारमार्गमा आयोजना हुने राष्ट्रिय दिवस साङगीतिक प्रस्तुतिमा समेत सहभागी हुने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्