आज मिति वि.सं.२०८१ असोज ०२ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर १८ नेपाल सम्बत ११४४ ञंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, भदौ शुक्ल पूर्णिमा, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:५० बजे भयो भने सूर्यास्त साँझ ०६:०४ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन त्यत्ति उत्साहजनक नरहला । व्यावसायिक काममा सामान्य फाइदा उठे पनि तत्काल खर्च हुने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आलस्य र कमजोरीको अनुभूति हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । नजिकका मित्रहरूको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिष्ठित काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । कीर्तिमानी काम सम्पादन हुनाले उत्साह बढ्ने योग छ । तथापि, विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्दा केही प्रतिकुलता पैदा हुन सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला, जसबाट हौसला बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ, तथापि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । जोखिम बढ्ने योग रहेकोले आजको दिन अरुको भर नपर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने पराक्रम बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउला । समयमा होश नपुग्नाले खर्च वृद्धि हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किलपर्ने योग छ । साझेदारीको काम बन्नेछ । परिवारिक सुख र प्रेमभाव वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । रमाइलो यात्राको योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । श्रमको उचित मूल्यांकन होला, तर खर्च वृद्धि हुने देखिन्छ । पढाइलेखाइमा राम्रै छ । तर, बन्दै गरेको काममा रोकावट आउने योग रहेकोले सचेत रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । काम बिग्रने भयले सताउने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने योग छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य सामान्य कमजोर रहला । यसका बाबजुद स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । यात्रा हुन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनुकूल समय भएकोले सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचनाको शिकार हुन पनि सकिने योग भएकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यापार तथा उद्योगतर्फबाट फाइदा मिल्ने समय छ । यात्राको व्यवस्थापनमा भने खर्च हुने योग छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सफलताका लागि थप प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन भने सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले विशेष सतर्कताका साथ व्यवहार गर्नुहोला । आत्मविश्वासका साथ सामर्थ्य वृद्धि हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित काम गर्ने मौका जुर्ने र आत्मविश्वास बढ्ने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । तथापि, महत्वपूर्ण योजनामा अवरोध आउने योग छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जनको सवालमा दिन राम्रै हरहला । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्