आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका थिए ।

- Advertisement -
Ad image

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। सोही बमोजिम मन्त्रिपरिषद्ले स्थानीय तहको उपनिर्वाचनबारे निर्णय गरेको हो । हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्