आफ्ना सांसदलाई उपत्यका नछोड्न कांग्रेसको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत राजधानी नछाड्दा निर्देशन दिएका हुन् ।

काठमाडौंमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुनसक्ने भएकाले राजधानी नछोड्न निर्देशन गरिएको छ ।

- Advertisement -
Ad image

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरले नैतिकताका आधारमा राजीनामा नदिए कारबाहीको चेतावनी दिइसकेका छन् । असम्बन्धित व्यक्तिहरूलाई अमेरिका लैजान पदीय आधारमा अमेरिकी दूतावासलाई पत्र लेखेको र आर्थिक लाभ लिन खोजेको भनेर रास्वपा भित्रैबाट सार्वजनिक भएको थियो ।

संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ । नेकपा एमालेले यसअघि मंगलबार नै आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न ‘ह्वीप’ जारी गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्