काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले चुनाव अघि गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।
आईतबारको बैठकले महामन्त्री थापाले यस अघि महासमिति बैठकमा पेश गरेकाे प्रस्ताव पारित गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयले कांग्रेसमा विवाद बढाएको थियो।
सभापति शेरबहादुर देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका थिए। महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव यथावत रहे पनि अर्का महामन्त्री थापाको प्रस्ताव भने आइतबारको बैठकले पारित गरेको हो।
सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका थिए।


प्रतिक्रिया दिनुहोस्