काठमाडौँ – सर्वाेच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उल्ट्याएको छ ।
गृह मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्यालको निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशले मागबमोजिम अन्तरिम आदेश हुने आदेश गरेको छ ।
अन्तरिम आदेश खारेजका लागि सरकारले दिएको निवेदन बमोजिम अदालतले अन्तरिम आदेश दिएको छ ।
यसअघि प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चको एकल इजलाशले ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
यो आदेश खारेजसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाश हुने भएका छन् । प्रहरी ऐनमा तीन प्रावधानले अवकाश हुने व्यवस्था छ । ३० वर्षे सेवा अवधि, उमेर हद रकार्य अवधि मध्ये जुन पहिले आउँछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्