रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ भाद्र २०८१, आईतवार
1 Min Read
Aa
klx/f]df a]kQfsf] vf]hL ul/Fb} bdf}nL -tgx'F_, @# c;f/M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–& sfp/]df zlgaf/ klx/f]n] 3/ k'l/P/ a]kQf ePsfsf] cfOtaf/ laxfg vf]hL ul/Fb} . klx/f]df k'l/P/ a]kQf Ps dlxnfsf] zj e]l6Psf] 5 eg] b'O{ hgf a]kQf 5g . tl:a/M s[i0f Gof}kfg]÷ /f;;

काठमाडौं – रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।

शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ। स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ८ जना बेपत्ता भएका छन्।

- Advertisement -
Ad image

घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: