तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी २०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

- Advertisement -
Ad image

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्