एजेन्सी – स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र ५७ यात्रु सवार रहेकाे बीबीसीले जनाएकाे छ।
टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेका वेला भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल झरेको देखाइएको छ।
राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन्।
फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ। दुर्घटनाग्रस्त विमागकाे ब्लाक बक्स रेकर्डर भेटिइसकेकाले अनुसन्धानमा सजिलाे हुने बताइएकाे छ ।
दुर्घटनाग्रस्त विमागकाे ब्लाक बक्स रेकर्डर भेटिइसकेकाले अनुसन्धानमा सजिलाे हुने बताइएकाे छ । सामाजिक सञ्जालहरूमा सार्वजिनक भएका भिडियाेहरूमा ठूलाे धुवाकाे मस्लाे निस्किएकाे र प्रहरी तथा अधिकारीहरूले उद्दार गर्दै गरेकाे देखिएकाे छ ।
सामाजिक सञ्जालहरूमा सार्वजिनक भएका भिडियाेहरूमा ठूलाे धुवाकाे मस्लाे निस्किएकाे र प्रहरी तथा अधिकारीहरूले उद्दार गर्दै गरेकाे देखिएकाे छ ।
ब्राजिलकाे सिभिल एभिएशन कार्यालयले सन् २०१० मा बनेकाे विमान राम्राे अवस्थामा रहेकाे उल्लेख गरेकाे छ । विमान बस्तीकाे बीचमा झरेकाले स्थानीयहरूले पनि देखेकाे बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्