काठमाडौंमा रातभर वर्षा: बागमती, हनुमन्ते, मनोहरा आसपास सतर्क रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ श्रावण २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – रातभर परेको भारी वर्षाका कारण काठमाडौं भित्र वहने नदीहरुको वहाव बढेको छ । आज विहान ५ बजे जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार गएराति ११ बजेदेखि परेको पानीले काठमाडौं भित्र बहने नदीहरुको जल सतह बढेको हो ।

विभागले भनेको छ,‘हाल बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला,गोढावरी ,विष्णुमती, नख्खु, बल्खुखोला लगायत सबैमा जलसतह सतर्कता तह देखि खतरा तह पार गरेको छ। खोलाको बाढी किनारको सडक सम्म आउने र बस्तीमा डुवान समेत हुन सक्ने देखिएकाले सडक किनारबाट यात्रा नगरौ। डुवान हुने स्थानमा रहनेहरू बिहान १० बजे सम्म सुरक्षित स्थानमा रहौं ।’

- Advertisement -
Ad imageAd image

‘काठमाडौं उपत्यका बल्खु खोला बलम्बु केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो छ, थप बर्षा हुने देखिएको ,बल्खुखोलाको पानी सडक निकार र बस्ती सम्म आउन सक्छ, बिहान १० बजे सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,’ विभागले भनेको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेकोले त्यहाँ पनि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: