अबको ३ दिन पानी पर्नेक्रम अझ बढ्ने: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला (सोमबार बिहान) देशभर साधारणतया बदली छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै, कोसी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

- Advertisement -
Ad image

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्