साउन १४ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं. २०८१ साउन १४ गते सोमबार ई.सं.२०२४ जुलाई २९ नेपाल सम्बत ११४४ दिल्लागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:२५ बजे भयो भने सूर्यास्त साँझ ०६:५४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आयआर्जनका स्रोत बढ्ने समय छ भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ला । शुभचिन्ताहतले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तान पक्षबाट सहयोग र सुख मिल्ने योग छ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभता बढ्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने दिन छ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । धन आर्जन हुने समय छ । प्रतिस्पर्धीहरूले केही सताउन सक्छन्, योजनाहरू गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूका काममा समय खर्चनुपर्ने समय भएपनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । जोखिम उठाउन सके अवसरहरू हातपर्ने छन् । स्वास्थ्यको सवलताका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । आजको दिन पढाइलेखाइमा समय दिन नसकिएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढ्नेछ । अरूको भरपर्दा धोका मिल्नसक्ने समय हुनाले आफ्नै मेहनतको फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु बुद्धिमत्ता ठहरिने छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग छ, सचेत रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । आयआर्जन राम्रै हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर काममा अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भौतिक वस्तु तथा धनलाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । वादविवादमा परिने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु उत्तम हुनेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभाव खट्किन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नुपर्ने समय छ । बेलैमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि, मेहनत गर्दा अन्ततः कर्मफल प्राप्त हुने योग छ । आरोग्यता रहनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रमाइलो जमघटले आनन्द दिलाउनेछ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्ने योग छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै मान–सम्मान मिल्ने सम्भावना छ । मेहनतले विशेष उपलब्धि दिलाउला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य सामान्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन तथा आइपरेका समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्न सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् तर चुनौती चिर्ने सफलता मिल्ला । खर्चचाहिँ केही बढ्न सक्ने समय छ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्