साउन ११ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ साउन ११ गते शुक्रबार ई.सं.२०२४ जुलाई २६ नेपाल सम्बत ११४४ दिल्लागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण पञ्चमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:२३ बजे भयो भने सूर्यास्त साँझ ०६:५६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन खासै उत्साहवर्द्धक नरहन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ भने सहयोगीहरूको साथ पाएर पनि काम अधुरै रहनसक्ने योग छ । मिहेनतअनुसारको उपलब्धी हासिल नहुँदा समय ब्यर्थ नाश भएको अनुभूति होला । सामान्य खर्च पनि वृद्धि हुने देखिन्छ । तथापि, पराक्रममा कमी आउने छैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस हुनेछ । आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन मस्किल पर्ने देखिन्छ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आज कुनै कामविशेषले यात्राको योजना बनाउनुभएको छ भने योजना थाती राख्नु उत्तम ठहरिने छ । उत्तरार्द्धमा सुखको अनुभव हुने समय छ । प्रेमभाव वृद्धि हुनेछ

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्तता वृद्धि होला । धार्मिक तथा आध्यात्मिक रुचि बढ्नेछ । आफन्तजनसँगकोे भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने समान्य कमजोरी अनुभव होला । खर्च भन्दा कमाई नै बढी हुनेछ । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यशवर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुख मिल्ने दिन । दुःखमा साथ दिनेहरू भेटिनेछन् । ब्यापार–व्यवसायमा पनि फाइदाकै योग छ । आर्थिकलाभ होला । विपरीतलिङ्गीको हौसलाले उत्साह जागृत हुने समय छ । आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । आफ्नै बल विवेकले काम बन्ने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन कार्यमा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहन सक्नेछन् भने विश्वास गरेकाले धोका दिने योग छ । पूर्वर्द्ध काम बन्नेछ भने उत्तरार्द्ध सामान्य तनाव बढ्न सक्छ । मित्रजनहरूसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलाको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पमहत्वपूर्ण कार्यमा बाधाको सामना गर्नुपर्ने सम्भावनाका कारण विशेष कार्य थाती राखेकै बेस । रसरागमा आकर्षण रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन आर्थिक लाभ हुने तथा मान सम्मान मिल्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय छ । नोकरीमा केही झमेला ब्यहोर्नु पर्ला, तर अन्ततः समस्याको समाधान मिल्नेछ । आरोग्यता एवम् प्रेमभाव वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । काम बन्नाले मन रमाृउला । आर्थिक लाभ हुने तथा फलिफापको दिन छ । पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभूति होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धि हुनेछ । उत्साहवर्द्धक समय छ । व्यापार क्षेत्रमा भएकाले राम्रै आम्दानी गर्न सक्नेछन् । नसोचेको काम अप्रत्यासित रूपमा बन्न सक्ने योग छ । प्रियजनसँग भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा हुने योग छ । नोकरीमा भने दिन सामान्य रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौयुक्त छ । स्वास्थ्यका लागि खानपानमा विशेष सतर्क रहनुहोला । अनावश्यक झमेलाबाट बच्ने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा पनि विशेष सावधानीको दरकार छ । महत्वपूर्ण कार्य वा योजना स्थगित गर्नु हितकर हुनेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आरोग्यबल बढ्नेछ भने अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । कतैबाट सुखद खबर सुन्न पाइएला । बोली र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जानेछ । आर्थिकलाभको योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । सुखद यात्रा र आयआर्जन हुने दिन छ । आश मारेको धन उठेर मनमा कता–कता हर्ष छाउने योग छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफापको समय छ । रसरागमा आकर्षण बढ्नेछ । अनुकूलता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयबल बढ्ने समय छ । घरमा पाहुना आगमन होला । रमाइलो यात्राको योग छ, तर टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केही सुख केही अवसादको अनुभूति होला । आर्थिक कर्ममा आकर्षण बढ्नेछ । मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्