आज मिति वि. सं.२०८१ साउन ०९ गते बुधबार ई.सं.२०२४ जुलाई २४ नेपाल सम्बत ११४४ दिल्लागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सौभाग्य योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:५७ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना छन् भने गोप्य राखेर काम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयमा दोधारको अवस्था सिर्जना हुनसक्छ, पारिवारिक सहयोग प्राप्त हुनेछ । आत्मीयजनसँग भेटघाट होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनेछ । आफ्ना कमी-कमजोरी सुधार गर्ने अवसर मिल्ला । आशा उत्साह बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): जोखिम बढ्ने समय छ । आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । सकारात्मक भावले अभिव्यक्ति दिएपनि बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू पनि भेटिनेछन् । धनआर्जनको दृष्टिले उत्तम समय छ । तथापि, भौतिक साधनले धोका दिन सक्छ, सावधान रहनुहोला । आफन्तजनको सहयोग प्राप्त होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विगतको सफलताले थप काम गर्न हौसला मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउने समय छ । तपाईंलाई अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त होला । विवेकयुक्त व्यवहार र बोलीले धेरैको मन जित्नुका साथै महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दीगो लाभका लागि रचनात्मक काम सुरु गर्ने समय छ । आज रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि पाइएला । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउला । कृषि क्षेत्रबाट लाभ मिल्ने योग छ । आरोग्यता रहला । आफ्नै बल-विवेकले काम राम्रो हुने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन केही चुनौतीयुक्त रहला । नसोचेको विषयमा झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने योग छ । तथापि, धैर्य राखी मेहनत गर्दा असफलता हात लाग्ने छैन । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा सामान्यरूपले बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । समयले साथ दिनेछ । व्यस्तता बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्ने देखिन्छ, सावधान रहनु हितकर होला । अध्ययन तथा अध्यापमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन होला । कमी-कमजोरी सुधार्न चाहनेका लागि उपयुक्त समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ला । उच्चाधिकारीको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् भने बोली र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिएला । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनुका साथै रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । अनुकूलता वृद्घि हुनेछ । स्वास्थ्यमा सुधारका साथै रसरागमा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी समय छ । परिवारमा असमझदारी बढ्न सक्छ तर मानसिकरूपले उल्लसित रहनुहुनेछ । सहयोगीजनले साथ नदिएको अनुभूति होला । धैर्य र विवेक राखी व्यवहार गर्नु हितकर हुनेछ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाकै योग छ । तपाईंको परिश्रमले सम्मानित स्थान दिलाउने योग छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । रसरागको भाव वृद्धि हुनेछ । अन्ततः समयले साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कामले धेरैको मन लोभ्याउन सकिने समय भएपनि आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ तर चोरी वा ठगीमा परिने समय भएकोले विशेष सजगताको खाँचो छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष पनि सुदृढ बन्ला । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । हाँसखेल र मनोरञ्जनमा दिन बित्न सक्छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्मले पनि लाभ दिलाउने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । अनावश्यक दौडधुपमा समय बित्ला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइनेछ । कामको सिलसिलामा यात्रा हुने योग छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । तथापि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागमा आकर्षण रहला ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्