साउन ०८ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ साउन ०८ गते मंगलबार ई.सं.२०२४ जुलाई २३ नेपाल सम्बत ११४४ दिल्लागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण द्धितीया, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:५८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्ने एवम् व्यावसायिक काममा खर्च बढ्ने समय छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नै रहला, तर आजको दिन खास अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । आफन्त र साथीभाइबाट हौसला मिल्ने योग छ । आमोदप्रमोदको परिवेश रहला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दौडधुप बढेपनि कतै अतिथिका रूपमा सम्मान प्राप्त हुनसक्ने दिन छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । तर स्वास्थ्यप्रति विशेष ध्यान पु¥याउनु उचित हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । यात्रा सुखद रहला । मनोरन्जनमा समय ब्यतीत भएर जाने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वित्तादि लाभ हुने समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ भने ब्यापार ब्यावसायमा पनि फाइदा नै होला । पढाइलेखाइमा भने समय दिन नसकिएला । आजको दिन सहयोगीहरूको ज्यादा भर नपर्नु नै उचित हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडा तथा विवाद पर्नसक्ने योग रहेकोले आज विशेष सावधानीका साथ बोली र व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य कमजोर रहला । श्रमको उचित मूल्याङ्कन नहुन सक्छ । आम्दानीमा बाधा पुग्ने देखिन्छ । धैर्य राख्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार ब्यावसायमा सोचेभन्दा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले चाहिँ कता–कता सताइरहन सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइएला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, होसियार रहनु उचित हुनेछ । सानातिना काममा समय बित्ने योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । समय शुभदायी र उल्लासमय रहला । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला, रोकिएका काम पनि सम्पादन हुनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय केही चुनौतीयुक्त रहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । भौतिक साधनप्रति पनि आज पूरै भर पर्ने अवस्था छैन, सवारीसाधन, हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुँदा खिन्नता बढ्नेछ । धेरै मिहेनतबाट कममात्र प्रतिफल मिल्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले मित्रजन टाढिन सक्छन्, होसियार रहनुहोस् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग पनि छ । तथापि, काम बिग्रने डरले सताउन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ । अनावश्यक खर्चको भार पर्न सक्छ, सावधानीपूर्वक मितव्ययी बनेर व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि सवल नरहन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सचेत रहनुहोला। । नगरेका गल्तीको सजाय भोग्नुपर्ने ययोग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी पुरानो समस्या दोहोरिन सक्छ, सचेत रहनुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । सवारी साधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुहोला । आश्वासन दिनेले झुक्याउन सक्छन् । व्यावसायिक काममा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्