आज मिति वि. सं.२०८१ साउन ०७ गते सोमबार ई.सं.२०२४ जुलाई २२ नेपाल सम्बत ११४४ दिल्लागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण प्रतिपदा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, प्रीति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:५८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप र जोखिम वृद्धि हुनेछ । मौका मिलेपनि हातबाट अवसर गुम्न सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सचेतनाको जरुरत छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । ध्यान दिएर काम गर्नुहोला । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, समय चिनेर कर्म गर्ने प्रयत्न गर्नुहोला । मित्रजनको साथ प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । विद्या र मान प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षा र आत्मविश्वासले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । आजको दिन साथीभाइबाट फाइदा उठाउन सकिएला । खर्च लागे पनि चिताएको काम बन्नेछ भने व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । खुट्टा तान्न चाहनेले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फिर्ता हुनसक्ने समय छ । आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखशान्ति प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्ने मय छ । तथापि, विपरीतलिंगी वा कतिपय हितैषी मित्रले साथ दिनेछन् । प्रयत्नका बाबजुद अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता महसूस हुन सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला, तर अस्वस्थताका बीच कामको बोझ बढ्ने योग छ । आज कुनै अवसर प्राप्त भए पनि सकारात्मक परिणाम हातपार्न मुस्किल पर्ला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफूले मानेका या महत्वपूर्ण व्यक्तित्वबाट धोका हुनसक्ने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आजको दिन स्वास्थ्यको लागि खानपानमा विशेष सजक रहनु हितकर होला । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । आजको दिन ब्यस्तता बढ्नेछ, खर्च पनि वृद्धि हुन सक्छ । रसरागमा आकर्षण रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विशेष उपहार हातलागी हुने योग छ । भोगविलासमा मन रमाउनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगति होला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । पराक्रम वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगी मित्रको माध्यमबाट लाभ होला । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । परिवारिक भेटघाटले आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन केही चुनौतीले भरिएको छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । काममा अवरोध आउनाले मन खिन्न रहला । धैर्य राखी कर्ममा लागिपर्नु हितकर होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । आजको दिन ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय भएपनि आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापार व्यवसायमा भने लाभ नै मिल्नेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, तथापि दिगो आम्दानी हुने काम सुरु हुने योग छ । सामर्थ्य विकसित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनुपर्ने समय छ । पढाइलेखाइमा पनि आज खासै राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउला । तथापि कर्मबल बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): जिम्मेवारीका काम समयमा सम्पादन गर्न कठिनाइ पर्ने समय छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । स्वास्थ्यसम्बन्धी समस्याले अलिक सताउन सक्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । परिस्थिति अलिक संघर्षमय रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण वृद्धि होला ।


प्रतिक्रिया दिनुहोस्