साउन ०६ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ साउन ०६ गते आईतबार ई.सं.२०२४ जुलाई २१ नेपाल सम्बत ११४४ दिल्लाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल पुर्णिमा, चन्द्रमा धनु राशिमा, उत्त्रषाढा नक्षत्र, विषकुम्भ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:५९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौतीयुक्त रहला । दुर्भावनायुक्त व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भावना छ । परिवारजनमा असन्तुष्टि बढ्ला । स्वास्थ्य भने सबल रहनेछ । विभिन्न अवसरले पछ्याउन सक्छन्, तर समयको पदचाप बुझेर कर्म गर्ने प्रयत्न गर्नुपर्नेछ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । धनलाभ होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । तर समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, विशेष सचेत रहनुहोला । आजको दिन व्यापारमा फाइदा नै हुनेछ । शत्रु परास्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । राजनीतिक पहुँच वृद्धि हुनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक काममा बाधा र भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सजग रही बोली र व्यवहार गर्नुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):समय शुभदायी छ । उच्चस्तरकै मानसम्मानको योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन होला । काममा आफन्तको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले सजगता अपनाउनुहोला । रसरागमा आकर्षण रहला । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यस्तता बढ्नेछ । सुखद समाचारले काममा उत्साह जगाउने दिन छ । परिवारजनको सहयोग सहयोग रहला । प्रतिस्पर्धीहरूलाई पछि पर्नेछन् । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई उपलब्धिको दिन सावित होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आँटेको विशेष कार्य वा महत्वपूर्ण योजनामा ढिलासुस्ती हुन सक्छ । सामान्य अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने योग रहेकोले सावधान रहनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ तर जीवनसाथीलाई केही पीडा हुने योग छ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुनुका साथै भौतिक साधनहरू जुट्लान् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुनसक्ने योग छ । आर्थिक समस्या समाधान हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन विभिन्न अवसरले पछ्याउलान् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना पनि रहेको छ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट केही समयलाई मुक्ति मिल्नेछ । घर–जग्गा तथा बन्धुबान्धवसँग भने केही असमझदारी बढ्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता वा सान्निध्यता बढ्ने समय छ । तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्य सार्थक रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । सवारीसाधन वा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफन्तको साथ मिल्नेछ । वार्ता सफल रहनेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्