सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

चितवन – सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ।

बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ। शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -
Ad image

शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ। यससँगै अहिलेसम्म फेला परेको शवको संख्या २० पुगेको छ। जसमा १८ पुरुष र २ महिला रहेका छन्। अहिलेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थिए।

हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ। त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्