पहिरोमा पुरिएर माइत आएका श्रीमान श्रीमतीसहित एकै परिवारका सात जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको गएराति ११ बजे आसपास घर माथिबाट आएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको हो ।

- Advertisement -
Ad image

पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको हो ।

उक्त पहिरोमा पुरिएर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: