काठमाडौं – नेदरल्यान्ड्सलाई पराजित गर्दै इङग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डर्टमुन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्समाथि २–१ को जित निकाल्दै इङग्ल्यान्ड लगातार दोस्रो पटक युरोको फाइनलमा पुगेको हो।
यो सँगै युरोकप २०२४ को उपाधिका लागि इङग्ल्यान्ड र स्पेन भिड्ने भएका छन्। यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।
खेलको सातौँ मिनेटमा जाभी सिमोन्सको गोलमा डच टोलीले सुरुवाती अग्रता बनाएको थियो। तर १७ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङग्ल्यान्डलाई बराबरीमा ल्याए।
खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका ओली वाटकिन्सको निर्णायक गोलमा इङग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि इङग्ल्यान्ड र स्पेन आइतबार राति भिड्नेछन्।


प्रतिक्रिया दिनुहोस्