एमाले बाहिरिएपछिको मन्त्रिपरिषद्को पहिलो बैठक: भयो महत्वपूर्ण ३ निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सरकारले धानको न्युनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सरकारले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लीयरेन्स डिपोट र अरनिको राजमार्गको (चौथो चरण) निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका एलओईहरूमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array