कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै, एमालेसँग भएका समझदारी अनुमोदन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषय बैठकमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई समेत उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array