फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा प्रवेश: रोमानिया र नेदरल्यान्ड्स तथा अष्ट्रिया र टर्कीको प्रतिस्पर्धा आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल अन्तिम ८ मा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको हो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार राति रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array