मंगलबारसम्ममा मन्त्रीहरु फेरबदल गर्ने प्रधानमन्त्रीको तयारी: को जाँदै, को आउँदै ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – सरकारलाई समर्थन दिएरपनि बाहिर बसेको दुई दललाई समावेश गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान मन्त्रीपरिषद पुनर्गगठन गर्ने अन्तिम तयारी गरेका छन् ।

यो पुनर्गठनमा हाल भइरहेका तीन देखि ४ जना मन्त्री बाहिरिनेछन् भने जनमत र नागरिक उन्मुक्तिसहित माओवादीबाट केही मन्त्री थपिने छन् ।

माओवादीले यही मेसोमा लामो समयदेखि मन्त्री खाइरहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, संचारमन्त्री रेखा शर्मालाई फिर्ता बोलाउने तयारी गरेको छ ।

नयाँ दललाई एक सिट छोड्नुपरेको अवस्थामा बाँकी दुई सिटमा माओवादीबाटै नयाँ दुई जना पठाउने वा एमालेले एक सिट नछोडेमा नयाँलाई दुई सिट दिएर एउटामा माओवादीले आफ्नो नयाँ अनुहार पठाउने तयारी गरेको छ । माओवादीका पुराना मन्त्री फिर्ता बोलाएर अवसर नपाएकालाई पठाउन संसदीय दलभित्र ठूलो दबाब छ ।

प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याएर सरकार अझै बलियाे बनाउन प्नधानमन्त्री नै लामाे समयदेखि गृहकार्यमा छन् । बजेट पास गर्नुपर्ने कारणले याे काम केही समय पछि धकेलिएकाे थियाे तर अब नराेकिने प्रधानमन्त्रीकाे सचिवालयका एक उच्च अधिकारीले बताए ।

मन्त्रीहरू फेरबदलका लागि प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन्। यसकाे तयारीका लागि हिजाे प्रचण्डले एमाले र रास्वपाका अध्यक्षसँग छलफल गरेका थिए ।

नागरिक उन्मुक्तिलाई नेकपा माओवादी केन्द्रले समालिराखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति जुटिसकेको स्रोतले बताएको छ। नाउपाले पाएको भागमा अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निश्चित छ।

जनमत पार्टीबाट अध्यक्ष सीके राउतलाइ परराष्ट्रमन्त्री अफर गरेपनि उनले मन्त्री बन्ने अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array