जर्जियाविरुद्ध पुनरागमन जितसँगै स्पेन युरो कपको क्वार्टरफाइनलमा: इंग्ल्यान्डको पनि शानदार पुनरागमन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ – जर्जियाविरुद्ध पुनरागमन जित हासिल गर्दै स्पेन युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आईतबार राति भएको खेलमा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराउँदै स्पेन अन्तिम ८ मा प्रवेश गरेको हो।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक/एक गोल गरे। जर्जियाका लागि रोविनले नोर्मान्डले उपहार गोल दिए। खेलको १८औँ मिनेटमा रोविनले नोर्मान्डको उपहार गोलमा जर्जियाले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ३९औँ मिनेटमा निको विलियम्स्को पासमा रोड्रीले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। खेलको ५१औँ मिनेटमा लामिन यामालको पासमा रुइजले हेडर गोल गर्दै स्पनेलाई अग्रता दिलाए। खेलको ७५औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता फराकिलो पार्‍यो। ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनको जित पक्का गराए।

स्पेनले अब क्वार्टरफाइनलमा जर्मनीसँग खेल्नेछ। जर्जिया भने हारसँगै अन्तिम १६ बाटै बाहिरिएको छ।

यता, गएरातिकै पहिलो खेलमा युरो २०२४ बाट बाहिरिने संघारमा पुगिसकेको गत संस्करणको फाइनलिस्ट इंग्ल्यान्ड शानदार पुनरागमन गर्न सफल भएको । आईतबार राति भएको खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै टोली २–१ गोलले विजयी बनेको हो।

खेलको २५ औँ मिनेटमा इभान स्रान्जले गोल गरेपछि खेलमा स्लोभाकियाले अप्रत्याशित अग्रता लिएको थियो । खेलको निर्धारित अवधिभर बराबरी गोल फर्काउने प्रयास गरे पनि इंग्ल्यान्ड सफल हुन सकिरहेको थिएन ।

प्रतियोगिताबाट बाहिरिन केही सेकेन्ड मात्र बाँकी रहँदा जुड बेलिङहमले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । खेल त्यसपछि अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको पुनरागमन पूरा गरे ।

अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्वीस टोलीले साबिक विजेता इटालीलाई हराउँदै यसअघि नै अन्तिम आठमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array